भतिजी बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायत प्रक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।
साबिक रामेछाप नगरपालिका– १ गोठगाउँ घर भएका कठायत केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि कठायत फरार भएका थिए ।