मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको बागमती प्रदेश भेला सम्पन्न

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको बागमती प्रदेश भेला सम्पन्न


कान्तिपथ


सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको प्रथम बागमती प्रदेश भेला सम्पन्न भएको छ। काठमाडौँको पेप्सीकोलास्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको भेलाले १७ सदस्यीय कार्यसमिति पनि चयन गरेको फाउन्डेसनका केन्द्रिय अध्यक्ष नविन पोखरेलले बताए । कार्यक्रमको अध्यक्षता फाउन्डेसनको सिन्धुली जिल्ला अध्यक्ष बिनोद देवकोटाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री देवी खड्का, विशेष अथितिमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरतप्रसाद साह लगायत उपस्थितमा भएको थियो ।

कार्यक्रमको बन्दसत्रको प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का सहभागी थिए । भेलाले बागमती प्रदेश भित्रका सबै जिल्लाको जिल्ला भेला सम्पन्न गर्नका लागि ४ कमाण्ड पनि तोकेको छ । कमाण्ड इन्चार्जमा केन्द्रिय कार्यसमितिबाट नग्मा माली, बच्चुराम रिमाल, महेश श्रेष्ठ र जेविन सर्वहाराले जिम्मेवारी पाएका छन् ।

नवनिर्वाचित प्रदेश समितिको अध्यक्षमा सुदिप तामाङ्ग, उपाध्यक्षमा सुसन सुवेदी र विनोद देवकोटा, सचिवमा सन्तोष लम्साल, सह-सचिवमा सम्झना सिदाली मगर र कोषाध्यक्षमा रसिला रिमाल रहेका छन् । त्यस्तै सदस्यहरुमा रामकुमार तामाङ्ग, बुद्धिमान तामाङ्ग, दिपेश कार्की, पेमा लामा, सुशिला श्रेष्ठ, अनिल गिरीलगायत चयन गरिएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष प्रमोद पौडेल, महासचिव सन्दिप पुन लगायतको उपस्थिति रहेको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत