महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।
उनले गैरकानुनी रूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका छन्।
कतिपय ऋणीसँग साँवा ब्याजसमेत असुलेर उनले अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेका छन्। ऋणकै आडमा केही ऋणी महिलालाई यौन सम्बन्ध राख्न समेत आग्रह गरेको आरोप साहलाई लागेको छ।