मङ्लबार, अशोज ११, २०७९

दोश्रोपटक मेयरको टिकट नपाएपछि माओवादी छाड्दै अमानसिंह तामाङ


कान्तिपथ


सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।

पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, सिन्धुपाल्चोकको माओवादीमा परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्न लागेका हुन्।

पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको तामाङको आरोप छ। भदौ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममार्फत तामाङलाई पार्टी प्रवेश गराउन लागिएको हो। तामाङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहना राखेका थिए। सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि तामाङ असन्तुष्ट भएका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत