मङ्लबार, अशोज ११, २०७९

एउटा निर्वाचन क्षेत्रमा २ हजार भोट ।

एकै पालिकामा माओवादीका ३ केन्द्रिय सचिव: जिल्लामा माओवादी चौथो शक्ति !

माओवादी केन्द्रभन्दा जनमोर्चा अगाडि


कान्तिपथ


बागलुङबाट तीन नेता नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकसाथ पुगेका छन्। शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य माओवादी केन्द्रको सचिव चुनिएका हुन्।

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले उनीहरूसहित २० पदाधिकारी चयन गरेको हो। पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का हुन्। तीनै नेता पार्टी स्थायी समितिमा सदस्य छन्। शाक्यको वडा नं ३ मा माओवादीले वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार नै भेटेन । सो वडामा कांग्रेसका शनी के.सी ९८३ भोट ल्याएर विजयी भएका छन् । नातामा काका भतिज पर्ने शर्मा-पौडेलको वडा नं १२ मा स्वतन्त्र उम्मेदवार कोपिला मणि शर्माले १३३८ भोट ल्याएर विजयी भएका छन् भने माओवादीले उम्मेदवार भेटेको छैन ।

पौडेल र शाक्य अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्षसमेत हुन्। पौडेल पहिलो पटक मन्त्री बनेका हुन् भने शर्मा २०६८ मा नै शिक्षामन्त्रीको जिम्मेवारीमा आएका थिए । नेता शर्मा अहिले राष्ट्रिय सभा सदस्यसमेत छन् । शाक्य भने २०७४ काे निर्वाचनमा काठमाडाैं–१० बाट पराजित भएका थिए । शाक्य बैद्यतिर लागेर काठमाडौँ १० मा प्रचण्डलाई चुनाव हराउन लागेको विगत स्मरण गर्दै किर्तिपुरका माओवादीले उनलाई भोट हालेका थिएनन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए।

११ स्थानीय तह रहेको बागलुङमा माओवादी केन्द्र एउटा मात्रै स्थानीय तह ताराखोला गाउँपालिकामा जितेको छ । ताराखोला गाउँपालिकामा पनि माओवादीले गठबन्धनको बलमा जितेको हो । बागलुङमा कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २ र एमाले र माओवादी केन्द्रले एक/एक पालिकाको नेतृत्व जितेका छन् । मतको हिसाबले माओवादी केन्द्र उक्त नगरपालिकामा चौथो पोजिसनमा देखिन्छ । मतमा माओवादी केन्द्रभन्दा जनमोर्चा अगाडि छ ।

वडा अध्यक्षको मतलाई आधार मान्दा बागलुङमा एमालेको ४१ हजार ८ भोट, कांग्रेसको ३७ हजार २ सय ६४ भोट, राष्ट्रिय जनमोर्चाको १२ हजार ७ सय ४५ भोट, माओवादीको १२ हजार २ सय ८० भोट र समाजवादीको २५ सय भोट रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत