शनिबार, अशोज ८, २०७९

अमेरिकाले नेपाललाई १५ मिलियन डलर अनुदान दिने


कान्तिपथ


अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । अमेरिकाले नेपालसहित विश्वका ४७ मुलुकहरुलाई खाद्य, रासायनिक मल र इन्धनको मूल्य महंगीएसँगै त्यसबाट बढ्दो गरिबी, भोक र कुपोषणबाट बँच्न सहयोग रकम प्रदान गर्ने जनाएको छ ।

अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत् सहयोग गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत् नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो पटक जर्मनीमा जी–७ का नेताहरुको सम्मेलनमा खाद्य संकटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, जी–७ का नेताहरुले पनि विश्व खाद्य संकटलाई सम्बोधन गर्ने प्रतिवद्धता गरेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत