बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सेनाका एक तारे जर्नेलले प्रेमिकासँग मिलेर झ्वाम पारे ४ करोड : लकरमा २ किलो सुन !

जर्नेलले प्रेमिकासँग मिलेर

सेनाका एक तारे जर्नेलले प्रेमिकासँग मिलेर झ्वाम पारे ४ करोड : लकरमा २ किलो सुन !

३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा


कान्तिपथ


कृषि विकास बैंकको चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका पूर्वसहायक रथी (एकतारे जर्नेल) रमेशराज विष्ट र टेलर सहायक दिपिका रेग्मी दोषी ठहर भएका छन्। चार करोडभन्दा बढी रकम हिनामिना गरेको पाइएपछि सेनाले पूर्वजर्नेल विष्टलाई हिरासतमा लिएर अनुसन्धान नै सुरु गरेको थियो।

विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको मंगलबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

यो प्रकरणमा बाँकी ६ जनालाई सफाई दिँदै विशेष अदालतले भने पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मीलाई मात्रै दोषी ठहर गरेको हो। उनीहरु दुई जना दोषी ठहर भएपनि सजाय भने निर्धारण भइसकेको छैन।

रकम हिनामिनाको अनुसन्धानका टेलर सहायक रेग्मीले ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा हालेको भेटिएको थियो। टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टलाई ‘मामा’ भन्दै आएको खुलेको थियो। उनीहरु मामा भान्जी नभई प्रेमिप्रेमिका भएको खुलेको थियो। सोही आधारमा रेग्मीले हिनामिना गरेको मध्ये ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा जम्मा गरेको खुलेको थियो।

विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानी गरी ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता भएको थियो। राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको दाबी गरिएको थियो।

अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी डा. विष्टलाई ‘मामा’ साइनो लगाउँदी रहिछिन् । डा. विष्ट पनि रेग्मीलाई भान्जी भन्दारहेछन् । तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनका लागि मात्रै रहेछ । खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । त्यसो हुँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा. विष्टको बैंक खातामा हालिदिएकी रहिछिन् ।

प्रहरीसँगको बयानमा रेग्मीले हिनामिना गरिएको रकमको स्रोत खोलेकी थिइनन् । प्रहरीले अनुसन्धान गरिरहेको थियो । यही क्रममा कृषि विकास बैंक न्युरोड शाखास्थित कार्यरत बैंकमा उनको निजी लकर रहेको खुल्यो । प्रहरीले लकर सम्बन्धमा रेग्मीलाई सोध्यो । तर, रेग्मी आफ्नो कुनै लकर नभएको भन्दै टकटकिइन् । प्रहरीले अनुसन्धान रोकेन । अझ कसिलो बनायो । यसका लागि बैंकको थप सहयोग लियो । अन्ततः रेग्मी लत्रिइन् । लुकाएर राखेको लकरको साँचो प्रहरीलाई दिइन् । प्रहरी कार्यालय पुग्यो । लकर पहिचान ग¥यो । साक्षी राखेर लकर खोल्यो ।

लकरमा गहनाका चाङ भेटिए । लकरभित्र तिलहरी, जन्तर, सिरबन्दी, चुरा, औंठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुङ्ग्रीलगायतका गहना थिए । यति धेरै गहना भेटिँदा प्रहरी चकित प¥यो । गहना जोखियो । पत्ता लाग्यो, दुई केजी सुनका गहना राखिएका रहेछन् । अनुसन्धान अब थप रोमान्चक बन्ने देखियो । प्रहरी रेग्मीकहाँ पुग्यो । सोधपुछमा जुट्यो । खुल्यो, उनले बैंकबाट हिनामिना गरेको रकममध्ये करिब एक करोड रुपैयाँबाट गहना खरिद गरी लकरमा लुकाएर राखेकी रहिछिन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत