शनिबार, अशोज ८, २०७९

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ


कान्तिपथ



नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो ।

महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पार्नुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत