आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • ४ तारेसम्मका पुर्वजर्नेललाई निम्तो: नागरिकता विधेयकको छेको पारेर रात्रीभोज !

४ तारेसम्मका पुर्वजर्नेललाई निम्तो: नागरिकता विधेयकको छेको पारेर रात्रीभोज !


कान्तिपथ


दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूकहाँ आइपुग्नु अगावै राजीनामाको तयारीमा रहेको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सेनापति सहित पूर्वजर्नेलहरुसँग सामूहिक भेटवार्ता र रात्रीभोज गरेकी छन् ।

राष्ट्रपतिको निम्तो मान्न पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा,प्यारजङ्ग थापा,पूर्व तीनतारे बलदेवराज महत,शरद गिरी,फत्येबहादुर लिम्बू,नेपालभुषण चन्द,पवन पाण्डे,अमर पन्त,पूर्वउपरथी हरिबहादुर बस्नेत लगायत ४ तारेसम्मका पूर्वजर्नेलहरु शीतल निवास पुगेका थिए । भेटवार्तामा ६०/७० जनाको उपस्थिति रहेको बताईन्छ ।

नागरिकताको सन्दर्भमा भारतविरोधी मनोविज्ञान रहेको काठमाडौँ र पहाडे मतदातालाई प्रभावित पार्ने यस्तो अवसर एमाले र राष्ट्रपतिलाई फेरि नआउने भएकोलले एमालेले राष्ट्रपति प्रयोग गर्न खोजेको एकथरीको विश्लेषण छ । भण्डारी राष्ट्रपति हुनुपूर्व एमाले उपाध्यक्ष रहेकाले एमालेकै कतिपय नेताहरुले समेत राजीनामा दिएर राजनीतिमा सक्रिय हुन सुझाव दिएको कुरा पनि आइरहेको छ । पार्टी भित्र भण्डारी ओलीको टिममा पर्छिन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत