आइतवार, अशोज ९, २०७९

थप कर्जा दिन नसक्ने अवस्थामा ३ बैंक : सीडी रेसियोले ९० प्रतिशतको सीमा नाघ्यो


कान्तिपथ


साउनमा निक्षेप ह्वात्तै घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले ९० प्रतिशतको सीमा नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् । अर्को अर्थमा सीडी रेसियो ९० प्रतिशत नाघ्नु भनेको ती बैंकले थप कर्जा दिन नसक्ने अवस्था रहनु हो ।

साउन महिनामा मात्रै बैंकहरुबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । जसले गर्दा बैंकहरूको सीडी रेसियोमा दवाव परेको छ ।

मौद्रिक व्यवस्थाअनुसार यो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्दछ । साउन महिनाको अन्त्यसम्म तीन बैंक नबिल, नेपाल बैंक र सेन्चुरी कमर्सियलको सीडी रेसियो भने ९० नाघेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत