शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • अमेरिका पठाउँछु भन्दै प्रतिव्यक्ति ५० लाख ठग्ने ३ जना कर्याप्पै !

अमेरिका पठाउँछु भन्दै प्रतिव्यक्ति ५० लाख ठग्ने ३ जना कर्याप्पै !


कान्तिपथ


स्थायी बसोवास अनुमतिपत्र (ग्रिनकार्ड)सहित अमेरिकामा पठाइदिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न व्यक्तिसँग ठगी गर्दै रकम असुल्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। काठमाडौं गैरीधारा मार्गस्थित प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सलटेन्सीका सञ्चालक परविन राईसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

संखुवासभा सिलिचोङका राईले परामर्श प्रयोजनका लागि खोलेको उक्त कन्सल्टेन्सीबाट अमेरिका, क्यानडा, जापानलगायत देशमा इमिग्रेसन भिसामा वैदेशिक रोजगारमा पठाइदिने भनि प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ।

उक्त कन्सल्टेन्सीले दुई वर्षभित्रमा अमेरिका पठाउँछु भन्दै एक व्यक्तिबाट ५० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीलाई राइसिहति पश्चिम नवलपरासी रामग्रापका ओमकार गुप्ता र इलाम सूर्योदयका संजय तामाङलाई पनि नियन्त्रणमा लिएको छ। तीनै जनालाई शिक्षा ऐन, २०२८ तथा ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत