शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • बालेनका समर्थक लक्षित महेशको टिप्पणी : केहि ट्यापेहरुलाई सुधारगृह लैजान्छु !

बालेनका समर्थक लक्षित महेशको टिप्पणी : केहि ट्यापेहरुलाई सुधारगृह लैजान्छु !


कान्तिपथ


नेकपा एमालेका सांसद महेश बस्नेतले फेसबुकमा गाली गर्ने (कमेन्ट गर्ने) केहीलाई सुधार गृहमा लैजाने अभियान चलाउने बताएका छन्। उनले सामूहिक भावनाअनुसार अगाडि बढ्नुपर्ने बताउँदै मपाईंत्व गर्ने र गाली गर्नेहरूलाई सुधार गृहमा लगिने बताए।

काठमाडौंको तीनकुनेमा रहेको ग्ल्यासियर कलेजले शुक्रबार बिहान गरेको कार्यक्रममा बोल्दै बस्नेतले हिजोआज लोकप्रियतावादी हुन खोज्ने प्रवृत्ति देखा परेको बताए।

‘मपाईंत्व, नवउदारवाद मुर्दावाद! जुन ढंगले लोकप्रियतावादी हुन खोज्ने प्रवृत्ति देखिएको छ। तर सबै मिलेर सामूहिक ढंगले हिँड्ने हो, देश बनाउने हो,’ उनले भने।

उनले फेसबुकमा गाली गर्नेलाई सुधार गृहमा लैजाने पनि बताए। ‘२-४ जना फेसबुके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न। उनीहरूलाई सुधार गृहमा लैजाने हो। निराश हुनुपर्दैन,’ उनले भने, ‘२-४ जना ट्यापेहरूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन।’

बस्नेतले केहिछिन अगाडी स्टाटस पनि लेखेका छन्। ‘कति कमजोर धरातलमा टिकेका रहेछौं नवउदारवादी, मवादी र सस्तो लोकप्रियतावादी साथी हो। मेरो एउटा सानो स्टाटसले नै भूकम्प गयो त!’ उनले लेखेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत