आइतवार, अशोज ९, २०७९

पटके कालोसूची

अरनिको चुनावी लडाई : करोडौं नतिर्ने पटके कालोसूचीका क्षेत्रीको उम्मेदवारी रद्ध हुनसक्ने

उद्धवप्रसाद गौतमलाई दुई पुर्व अध्यक्षको समर्थन


कान्तिपथ


पुर्व अरनिको यातायात प्रा.लि. को ५० औँ वार्षिक साधारणसभा यहि भाद्र १५ गते हुने भएको छ । अरनिको यातायात सेवा समितिको रुपान्तरित पुर्व अरनिको यातायात प्रा.लि. को साधारणसभाले नयाँ संचालक समिति (पदाधिकारी) र कार्यसमिति (सदस्य) को समेत निर्वाचन् मार्फत गर्नेछ । निर्वाचन संयोजक श्याम बहादुर लामाका अनुसार भाद्र ११ गते उम्मेदवारी दर्ता भएर नामावलीसमेत प्रकाशन भैसकेको छ ।

कान्तिपथलाई प्राप्त उम्मेदवारहरुको नामावली अनुसार अध्यक्षमा उद्धवप्रसाद गौतम, नृपध्वज महत र केदार खत्री क्षेत्रीको उम्मेदवारी परेको छ । विभिन्न पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएका छन् । समाचार स्रोतका अनुसार नृपध्वज महत पुराना कांग्रेसी हुन् भने क्षेत्री नव-कांग्रेसी हुन् ।

अध्यक्षका प्रत्यासी उद्धवप्रसाद गौतमको प्रस्तावकमा पुर्व अध्यक्ष जितबहादुर भारती र समर्थकमा वहालवाला अध्यक्ष चित्रबहादुर कुँवर रहेकाले उनको जित निश्चित जस्तै देखिएको छ । अरनिकोको स्रोतका अनुसार सिंगल सिंगल प्रतिष्पर्धा हुने स्थितिमा गौतम अन्य दुई उम्मेदवार भन्दा धेरै अगाडी छन् ।

अरनिको यातयात सेवा समितिमा दुई पटक अध्यक्ष भइसकेका क्षेत्री त्यहि लिगेसीको प्रयोग गर्दै एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। गाउँपालिका अध्यक्षमा निर्वाचित भैसकेपछि भने क्षेत्रीको कार्यकालमा आर्थिक, सामाजिक र राजनीतिक जीवन सुखद रहन सकेन ।

एमालेबाट गाउँपालिका अध्यक्षमा भएका उनलाई त्यो वृतमा अराजनीतिक वृतको भन्दै चित्रित गरिन्छ । एमाले-समाजवादी-एमाले हुँदै हाल कांग्रेस रहेका उनलाई कुनै पनि पार्टीमा आस्थावान रहेका सदस्यले भने विश्वास गरिहाल्ने स्थिति भने छैन । उनीबारे कांग्रेस कै एक उम्मेदवार भन्छन, ‘केदार दाईको खासै भर गर्न सकिन्न कांग्रेस भनेर भोट हलौला, भोलि फेरी पार्टी फेर्लान। के गर्ने भन्ने दोधारमा छौ ।’ कांग्रेस मै आस्थावान पनि सबै उनको पक्षमा देखिन्नन् ।

क्षेत्री ०७ माघ २०७६ मा कालोसूचीमा परेका व्यक्ति समेत हुन् । कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाको सिफारिशमा कर्जा सूचना केन्द्र लिमिटेडले उनलाई कालोसूचीमा राखेको थियो । अघिल्लो स्थानीय निर्वाचनको समयमा उनको आठ वटा बैंक तथा बित्तिय संस्थाहरुको करिव ४० करोड रकम तिर्न बाँकी देखिएकोले उक्त बैंक तथा बित्तीय संस्थाहरुको सिफारिशमा कर्जा सूचना केन्द्रले उनलाई ब्ल्याक लिष्टेड सूचीमा राखेको थियो ।

पालिका अध्यक्ष खत्रीले कम्पनीको नाममा, आफ्नो नाममा र श्रीमतीको नाममा गरि कर्जा लिएर नतिरेको देखिएको थियो । उनले सिद्धार्थ डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, यति डेभलपमेन्ट बैंक, एनआईसी एशीया बैंक लगाएतका बैंकहरूबाट कर्जा लिएका थिए ।

निर्वाचान पश्चात उक्त पालिकाकै प्रत्यासी गंगा तामाङले उनी विरुद्ध ब्ल्याक लिष्टेट र आर्थिक रुपमा राज्य भित्र सञ्चालित बैंक तथा वित्तिय सँस्थाहरुलाई अटेर गर्दै करोडौं रुपैयाँ लिएर राजनैतिक आडमा फरार रहेको ब्यक्ति गाउँपालिका जस्तो गरिमामय पदमा रहन अनुचित भएकोले पदमुक्त गराईपाउँ भन्दै सम्माननीय उच्च अदालत पाटनमा मुद्धासमेत दायर गरेका थिए । स्रोतका अनुसार क्षेत्रीको उम्मेदवारी विरुद्ध उजुरी परिसकेको छ र उनको उम्मेदवारी रद्ध हुनसक्ने स्थिति छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत