मङ्लबार, अशोज ११, २०७९

कांग्रेसले धेरै निहुँ खोजे वाममोर्चा : प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन्। पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने बताए। ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ’, उनले भने, ‘कांग्रेसले सिट बाँडफाँटमा ज्यादिबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।’

प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए। ‘हाम्रोबीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन’, उनले भने, ‘त्यसैले कमरेडहरुले ध्यान दिनुहोला।’

उनले अबको तीन महिना गुनासो गर्नेमा भन्दा पनि निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि नेताहरुलाई निर्देशन दिएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत