आइतवार, अशोज ९, २०७९

प्रदेश सांसद विराजभक्त श्रेष्ठले छाडे विवेकशील साझा पार्टी


कान्तिपथ


बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ सहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा राजीनामा दिएका छन् ।

पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको एवं सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेका हुन् ।

राजीनामा दिनेहरूमा प्रदेश सांसद श्रेष्ठसहित केन्द्रीय सदस्य जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् । उनीहरूले विवेकशील साझा पार्टी सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयासमा चुकेको विज्ञप्तिमा भनिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत