शुक्रबार, अशोज २१, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रदेश नं १ मा सांसद भइसकेका नेतालाई समानुपातिकमा सिफारिस नगर्न माओवादीको निर्देशन

प्रदेश नं १ मा सांसद भइसकेका नेतालाई समानुपातिकमा सिफारिस नगर्न माओवादीको निर्देशन


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

सर्कुलरमा सबै उम्मेदवारको सिफारिस सम्बन्धित समिति बैठकको माइन्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ । सो बैठकले एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने र जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारीहरु, सांसदहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरूको संयुक्त बैठकमा सर्वसम्मत भए एकजना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव राम कार्कीले बताए ।

बैठकले ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरुको कार्यविभाजनमा असन्तुष्टि जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा स्वीकृत गरेको छ । झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ । उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसी पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत