मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • छात्राले फोटो नपठाए, खुसी नबनाए प्राक्टिकलमा फेल गर्दिने शिक्षकको थ्रेट !

छात्राले फोटो नपठाए, खुसी नबनाए प्राक्टिकलमा फेल गर्दिने शिक्षकको थ्रेट !


कान्तिपथ


कक्षा १२ मा पढ्ने एक छात्रालाई फेसबुक मेसेन्जरबाट दिनरात दुःख दिने गोकर्णेश्वर नगरपालिका ६ स्थित चामुण्डा माध्यमिक विद्यालयका एक शिक्षक प्रहरीकाे फन्दामा परेका छन्।

सामुदायिक विद्यालय चामुण्डा मा.वि. का कक्षा ११-१२ का विद्यार्थीलाई कम्प्युटर बिषय पढाउने शिक्षक अभिषेश भण्डारीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

भण्डारीले सोही कलेजमा अध्ययनरत छात्रालाई विभिन्न प्रलोभन देखाउने र कम्प्युटर कक्षाको प्रयोगात्मक अंक पाउन आफुले भनेको कुरा मान्नुपर्ने दबाब दिएको फेसबुक कुराकानी फेला पारेकाे छ । पक्राउ परेका शिक्षक भण्डारीलाई खुशी पार्न राती च्याट गर्नुपर्ने मेसेन्जरबाट फोटो पठाउनु पर्ने र नमाने धम्की दिने आरोप लागेको छ ।

विद्यालयका निमित्त प्रधानाध्यापक गुणराम आचार्यसंग बुझ्दा घटना भएको जानकारी हुनेबित्तिकै आरोपित शिक्षक भण्डारीलाई प्रहरीलाई बुझाएको बताए । थप कारवाहीको मागसहित पीडित छात्रा र उनका साथीहरुले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत