शुक्रबार, अशोज २१, २०७९

सरकारी बैंकको भवन तथा जग्गा प्रयोगमा आएन


कान्तिपथ



मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ ।
सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखाले आफ्नो भवन तथा जग्गाको कुनै वास्ता नगरी विगत धेरै वर्षदेखि विराटचोकमा चर्को भाडा तिरेर शाखा सञ्चालन गर्दै आएको छ ।

विराटचोक शाखाले हाल बैंक सञ्चालनका लागि मासिक रु ६० हजार भाडा तिर्ने गरेका शाखा प्रमुख केदार अधिकारीले उल्लेख गर्नुभयो । उहाँले भाडा तिरेर सञ्चालन हुँदै आएको भवन पनि बैंक बस्नका लागि अहिले उपयुक्त नभएको बताउनुभयो । शाखा प्रमुख अधिकारीले कृषि विकास बैंक विराटचोक शाखा आफ्नै भवनमा कहिलेदेखि सञ्चालन हुने भन्नेबारेमा कुनै अत्तोपत्तो नभएको समेत जानकारी दिनुभयो ।

बैंकको जग्गा सुन्दरहरैँचामा करिब चार कट्ठाभन्दा बढी हुनाका साथै भवनसमेत छ । यो जग्गा जनताको सहभागितामा सस्तो दरमा बैंकिङ सेवा सञ्चालनका लागि विगत समयमा खरिद गरिएको स्थानीयवासी रामप्रसाद गजुरेलले बताउनुभयो । तीन पटकसम्म स्थानीय बैंकले आफ्नै भवन पुनःनिर्माण तथा सुधार गरी सञ्चालनमा ल्याउनका लागि डेलिकेशनमा समेत गए पनि सम्बन्धित निकायबाट कुनै पहल भएको छैन । यहाँ २०६३ सालदेखि प्रयोगमा नआएको उक्त भवन र जमिनलाई सही सदुपयोग गरेमा उत्तम त्यहाँका वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

अहिले उक्त भवन जीर्ण भएर सर्प लुक्ने ठाउँ तथा झाडीको रूपमा परिणत भएको छ । महेन्द्र लोकमार्गकै छेउमा भएर पनि वरिपरि सुँगुर चर्ने ठाउँ तथा फोहर मैलाका कारण दुगन्ध फैलिएर बसिनसक्नु भएर कुरुपसमेत भएको स्थानीयवासी बताउँछन् । उक्त बैंक विराटचोकमा २०३२÷३३ सालतिर बंैकिङ कारोबारका लागि आएकामा २०४५ सालमा आफ्नै जमिनमा भवन बनाइएको थियो । करिब चार÷पाँच वर्ष यहाँ बैंक चलेपछि माओवादीले बम पड्कार क्षति गरेको स्थानीयवासीले बताए । बैंकमा माओवादीले क्षति पु¥याएपछि कृषि विकास बैंक इटहरी सरेर पछि पुनः सुन्दरहरैँचा आएको थियो ।

उक्त शाखा कार्यालयले अहिलेसम्म विराटचोकमा वार्षिक रु सात लाख २० हजार तिरेर भाडामा बस्दै आएकामा आफ्नै जग्गामा रहेको भवन मर्मत गरी पुनः प्रयोगमा ल्याउनु जरुरी रहेकाले यस विषयमा केन्द्रलाई जानकारीसमेत गराइएको सुन्दरहरैँचा नपाका प्रमुख केदारप्रसाद गुरागार्इंले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत