आइतवार, अशोज ९, २०७९

कांग्रेसीहरु शितलनिवास जाँदै


कान्तिपथ


नागरिकता विधेयकको विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदैछ। प्रधानमन्त्री एवं कांग्रे सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको हो।

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ। नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत