बिहिबार, मंसिर २१, २०८०

त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ


कान्तिपथ


सभामुख अग्निप्रसाद सापकोटाले त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताउ। उनले त्रिभूवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए।

यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए। बैठकमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाएका थिए।

विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने ज्ञवालीले बताए। उनले त्रिभूवन विश्वविद्यालयमा घटीरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने बताए।

सांसद ज्ञवालीले त्रिभूवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो ? भन्ने प्रश्न गरे। प्रधानमन्त्री र गृहमन्त्री स्वयं विद्यार्थी राजनीतिबाट मुलुकको शीर्ष स्थानमा पुगेको उल्लेख गर्दै उनले त्रिभूवन विश्वविद्यालयमा भएको विकृतिलाई रोक्नुपर्ने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत