आइतवार, अशोज ९, २०७९

नागरिकता विधेयकबारे राष्ट्रपति प्रष्ट


कान्तिपथ


नेपाल सरकारमा प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिक विधेयकका विषयमा राष्ट्रपतिलाई प्रष्ट पार्ने काम भएको जानकारी दिएका छन्। सोमबार राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालगायतका सरकारका मन्त्री र कांग्रेसका नेताहरुले राष्ट्रपति भण्डारीलाई विधेयकका विषयमा प्रष्ट पारेको मन्त्री कार्कीले जानकारी दिएका हुन्।

‘बैठकमा नागरिकता विधेयकका विषयमा छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,’ मन्त्री कार्कीले भने, ‘यही कुरा राष्ट्रपतिलाई जानकारी गराएका छौँ।’ मन्त्री कार्कीका अनुसार भेटमा चुनावसहितका राजनीतिक विषयमा समेत कुराकानी भएको थियो।

दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले फिर्ता गरेपछि पछिल्लो समय नागरिकता विधेयकको विषय पेचिलो बनेको छ। एमालेले अझै पनि विधेयक राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने बताउँदै आएको छ। प्रतिनिधि सभाले पुनः पारित गराएर पठाएको विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत