शनिबार, अशोज ८, २०७९

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै


कान्तिपथ



सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् ।

चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् । उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् ।

नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।

नेकपा (एमाले) सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुभएको थियो । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् ।

यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत