शनिबार, अशोज ८, २०७९

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन


कान्तिपथ



बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गर्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

सो अवसरमा उहाँले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

त्यस्तै आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ निष्पक्ष एवं भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशासनिक सेवा तथा अर्धन्यायिक मुद्दाको फछ्र्याैट, नागरिक सेवा, राहदानी सेवा तथा अन्य सिफारिस सेवा, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत