नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।
चुनावी प्रयोजनका लागि संगठनका देशभरका कार्यकर्ताहरुमध्यबाट छानेर संगठित दस्ता बनाउन लागिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।
मंसिर ४ गते हुने आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संगठनलाई देशभर परिचालन गर्ने पुनले जानकारी दिए । उक्त दस्ताको नाम क्रान्तिकारी फोर्स हुने जनाईएको छ ।