आइतवार, अशोज ९, २०७९

जिग्री ब्रो ओलीसँग, सिते बा ईश्वरसँग चुनाव लड्ने : पाँडे को सँग भिड्लान ?


कान्तिपथ


‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन्। आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।

ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणाका क्रममा पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने बताएका हुन्।

यससँगै २०७४ मा पनि विजयी पोखरेलले स्वतन्त्र उम्मेदवारहरुको चुनौती सामना गर्नुपर्ने भएको छ। एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको नाम सिफारिस गरिसकेको छ।

बुधबार बसेको काठमाडौंका १० वटै क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष पोखरेलको एकल नाम सिफारिस गरेको थियो। पोखरेललाई २०७४ मा पराजित कांग्रेसकै डा. प्रकाशशरण महतले पनि चुनौती दिने चर्चा छ। तर उनीबारे सत्ता गठबन्धनले निर्णय लिएको छैन।

सक्किगोनि कै जिग्री ब्रो नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे । स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना छ,’ उनले भने । कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ ।

सक्किगोनिका कलाकार स्वतन्त्र रुपमा एमालेका हाई प्रोफ़ाईल उम्मेदवारसंग भिड्न थालेपछि पाँडे भनेर चिनिएका कलाकार अर्जुन घिमिरे कहाँबाट चुनाव लड्ने हुन् भन्दै चर्चा सुरु भएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत