शनिबार, अशोज ८, २०७९

प्रदेश सभाको अन्तिम बैठक बस्दै, प्रदेश १ ले ‘न्वारन’ गर्न सकेन !


कान्तिपथ


प्रदेश १ सभाको अन्तिम बैठक शुक्रबार (आज) दिउँसो बस्दै छ। प्रदेशसभाको चालु दशौं अधिवेशन मध्यरातबाट सकिँदै छ। प्रदेश प्रमुखको कार्यालयले शुक्रबार मध्यरातबाट प्रदेश सभाको दशौं अधिवेशन अन्त्य हुनेबारेको पत्र बिहीबार प्रदेशसभामा पठाएको छ।

शुक्रबार बस्ने दशौं अधिवेशनको २५औं बैठक पहिलो कार्यकालको अन्तिम बैठक हुनेछ। मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको र विशेष अधिवेशन बोलाएर नामकरण गर्ने सम्भावना सकिएकाले पहिलो कार्यकालको अन्तिम बैठक नै आजको हुने छ।

गत भदौ १२ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सोही दिने प्रदेशसभाले प्रदेश सभाले साउन २२ गतेदेखि स्थगित बैठक भदौ १७ गते दिउँसो १ बजे बस्ने सूचना प्रकाशित गरेको थियो।

सात वटा प्रदेश मध्ये ६ वटाले प्रदेशको नाम टुङ्गाए। प्रदेश १ ले नामकरण नगरी आफ्नो पहिलो कार्यकाल सकेको छ। ५ वर्षे कार्यकालमा प्रदेशमा ३ वटा सरकार बने। तीन वटै सरकारका मुख्यमन्त्रीहरूले आफ्नो प्राथमिकतामा प्रदेशको नामकरण राखे पनि व्यवहारमा त्यो देखाउन सकेनन्।

२०७४ माघ २२ गते पहिलो बैठक बसेको प्रदेशसभाले २०७६ वैशाख २३ गते राजधानी विराटनगर टुङ्गो लगाएको थियो। विराटनगर राजधानी टुंगोलागेपछि धेरैको ध्यान प्रदेशको नामकरण तर्फ मोडिएको थियो। अन्य प्रदेशहरूले पनि धमाधम नामकरण गरिरहेका थिए। प्रदेशको नामकरणको पनि बहस सुरु भइसकेको थियो। राजधानी घोषणा पछिका ३ वर्ष सम्ममा पनि प्रदेशले नाम पाउन सकेन।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत