मङ्लबार, अशोज ११, २०७९

म चितवनबाटै लड्ने हो, एमालेसंग सहकार्य हुन्न : प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन्।

सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आगामी मंसिर ४ को चुनावमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन्।

गोरखा १ लगायत विभिन्न क्षेत्रबाट प्रचण्डलाई उम्मेदवार हुन सिफारिस गरिएका छन्। तर उनले चितवन ३ नछाड्ने प्रष्टाएका छन्। बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हतौडाबाट चुनाव लड्ने सहमति भएको पनि उनले बताए।

उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमतिनजिकै पुगिसकेको बताए। आज पनि सिट बाँडफाँटबारे थप छलफल हुने उनको भनाइ छ।

गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजाने उनले बताए। नेकपा एमालेसँग तत्काल सहकार्य नहुने पनि उनको भनाइ थियो।

उनले नेकपा एकीकृत समाजवादी र माओवादी साझा घोषणा पत्र बनाएर चुनाव जाने पनि बताए। तर चुनाव चिन्ह भने आ-आफ्नै उनले उनको भनाइ थियो। पार्टी एकताका लागि संयोजन समिति पनि गठन गरिने उनको भनाइ थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत