शुक्रबार, अशोज २१, २०७९

लेखनाथले माईक्रोबसको हैन चुनाव कै टिकट पाउने भए : गोरखा २ बाट सिफारिस !


कान्तिपथ


नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारीका लागि पार्टी अध्यक्ष पुष्कमल दाहालसहित तीन नेताको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहीबारको बैठकले प्रत्यक्षमा क्षेत्र नम्बर १ बाट दाहालसहित केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशिला सिंखडाको नाम प्रस्ताव गरेको हो ।

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुणामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको थापाले जानकारी दिए । श्रेष्ठ राष्ट्रिय सभा सदस्य पनि हुन् तर उनी जसरि पनि चुनाव लड्ने अड्डीमा छन् । हितराज पाण्डे र चुणामणि खड्का यो भन्दा अघि नै सांसद भैसकेकाले यसपटक लेखनाथ न्यौपानेको प्रवल सम्भावना छ । विद्यार्थी आन्दोलनमा उनी भन्दा पछि लागेकाहरु मन्त्री भैसकेका छन् ।

न्यौपानेले केहि समय पहिले आफुले टिकट पाउँने तर त्यो टिकट निर्वाचनको बेला भोट हाल्ने गोरखा जादा चढ्ने माईक्रोबसको टिकट हुने भन्दै आफ्नै पार्टीका शिर्ष नेताहरुको आलोचना गरेका थिए । तर, यहि प्रणालीमा आफुले निर्वाचन लड्ने टिकट पाउँनुको धेरै अर्थ नभएको बताएका थिए ।

अहिलेको प्रणालीमा टिकटको लागि मारामार हुने, चुनाव जित्नका निम्ति बोराका बोरा पैंसा खर्च गर्नुपर्ने र वैशाखमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले गोरखामा धेरै जितेको हुनाले निर्वाचन लडेपछि जितिन्छ कि क्यो हो ? भन्ने ग्रन्थीका कारणले गर्दा टिकट पाउँनु सजिलो कुरा नभएको उनको टिप्पणी थियो ।

‘मैले नपाउँदा म जस्तै अर्को साथीले पाउँला, म त्यसको पनि धेरै अर्थ देख्दिन । तर टिकट चाही मैले पाउँछु भोट हाल्ने दिनमा, सायद माईक्रोबसको टिकट मैले पाउँछु’ उनले एक टिभीको कार्यक्रममा भनेका छन् ‘त्यहाँ भन्दा बढि अहिलेको प्रणालीमा, यहाँभित्र हुने टिकटका निम्ति मारामार, त्यसपछि चुनावका निम्ति खर्च गर्नुपर्ने बोराका पैंसा, अझ हाम्रो गोरखामा त अहिले स्थानिय तहमा माओवादीले धेरै जितेको हुनाले अब जितिन्छ क्या हो ? चुनाव लडेपछि भन्ने चाही नि ग्रन्थी होइन ? यो कारणले चाही यो सजिलो कुरो होइन ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत