बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • संकटमा देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे फर्किए

संकटमा देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे फर्किए


कान्तिपथ


श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेका छन् ।

राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत