शुक्रबार, अशोज २१, २०७९

१० वटा एपीसी नेपालमा


कान्तिपथ


नेपाली सेनालाई भारत सरकारले दिएको १० वटा एपीसी (आर्म्ड पर्सनल क्यरिअर) आइपुगेको छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ती सवारी साधन काठमाडौं ल्याइएका हुन् ।

ती सवारी साधन अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको बताइएको छ । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।

नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् । भारतीय स्थल सेनाको सर्वोच्च पदमा पुग्ने पाण्डे पहिलो इञ्जिनियर हुन् । यसअघि भारतीय सेनाको प्रमुख इनफेन्ट्री, आर्मर्ड र आर्टिलरीका अधिकारीहरु मात्रै हुने गरेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत