बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • १८ पटक मन्त्री बनेका निलम्बित सांसद गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस

१८ पटक मन्त्री बनेका निलम्बित सांसद गच्छदार कांग्रेसबाट सर्वसम्मत सिफारिस


कान्तिपथ


आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजय गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको छ।

सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ।

ललिता निवासको जग्गा प्रकरणमा अनियमितता अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बित अवस्थामा छ।

देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए। सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन्। यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत