आइतवार, अशोज ९, २०७९

काठमाडौँ क्षेत्र नं ४ को प्रदेश क मा रविन गुरुङ्ग सिफारिस


कान्तिपथ


काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ `क´बाट रणबहादुर गुरुङ ‘रबिन’सहित प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को बैठकले रणबहादुर गुरुङ, विजयदेव भट्टराई र रामेश्वर केसीलाई प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो ।

प्रदेशसभामा सिफारिस भएका गुरुङ त्यसक्षेत्रमा चर्चित रहेका छन् । सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका उनलाई विपक्षी दलहरुले समेत सहजै स्विकार गर्न सक्ने नेताको रुपमा लिइन्छ । आफ्नो क्षेत्रमा बलियो पकड बनाएका उनी स्थानीय समस्यामा आफै उपस्थित भएर लाग्ने गरेका छन् । उनी वाइसीएल केन्द्रमा लामो समय काम गरेका हुन भने अहिले उनी बागमती प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ४ `क´ का पार्टी इन्चार्ज समेत हुन् ।

उम्मेदवार सिफारिस भएका भट्टराई भने प्रचण्डकी बुहारी बीना मगर खानेपानी मन्त्री हुँदा स्वकिय सचिव थिए । प्रदेशसभा क को समानुपातिक तर्फ विनोद शाही र राधा भट्टराई सिफारिस भएका छन् । प्रत्यक्ष तर्फ प्रदेश ख मा राज प्याकुरेल, माधव आचार्य र पुरुषोत्तम कोईराला सिफारिस भएका छन् । त्यसैगरि प्रदेश ख को समानुपातिकमा राजेन्द्र श्रेष्ठ, होमकुमारी दुलाल र सुवास राई सिफारिस भएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा अमरबहादुर विक, बिदुर खड्का र कुमार बोगटी प्रत्यक्षमा सिफारिस भएका छन् भने सुरेश कर्माचार्य, नवराज न्यौपाने र गोबिन्दबहादुर बटाला समानुपातिकमा सिफारिस भएका छन् । गठबन्धन बनाएर निर्वाचनमा होमिन थालेको नेकपा माओवादी केन्द्रले निर्वाचन क्षेत्र नम्बर ४ मा भाग पाउने गरि लबिङ थालेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत