आइतवार, अशोज ९, २०७९

सर्लाही कांग्रेसद्वारा संघिय सांसद अमरेश सिंह निलम्बन


कान्तिपथ


नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहलाई कारबाही गरेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो।

जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई निलम्बन गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन्। जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएको छ।

कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको बताए। ‘चुनावमा अन्तर्घात गरेको उजुरीका आधारमा क्षेत्रको सिफारिसमा जिल्लाले कारबाही गरेको हो,’ उनले नेपालखबरसँग भने।

अनुशासन समितिका संयोजक डा. सरोजकुमारद्वारा हस्ताक्षरित पत्रमा कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ। विधानको धारा ३४ (अनुशासनसम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत