आइतवार, अशोज ९, २०७९

मात्रिकाद्वारा काजी बहिष्कार : मंचमा मोह भंग, गंगा पछाडीको सिटमा आसन !


कान्तिपथ


नेकपा माओवादी केन्द्रका उप-महासचिव मातृका यादवले पार्टीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग मञ्चमा शेयर गर्न अस्वीकार गरेका छन् । सोमबार जनकपुरमा आयोजित मधेस प्रदेशमा कार्यरत केन्द्रीय समिति सदस्यहरुको बैठकमा यादव मञचमा नबसी पछाडिको भागमा बसेका हुन् । मञ्चमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलवा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिवहरु गणेश साह र देवेन्द्र पोडेल बसेका छन् । माओवादीको पदाधिकारी टुंगिनु अघि यादव काजीसँग वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गर्ने बताउदै आएका थिए ।

पदाधिकारी भएकाले उपमहासचिव यादव पनि स्वभाविक रुपमा मञ्चमा बस्नुपर्थ्यो तर उनी त्यहाँ नबसी पछाडिको भागतिर केन्द्रीयसदस्यहरुसँग बसेको देखिन्छ । यादव भन्दा अगाडी प्रचण्ड पुत्री गङ्गा दाहाल बसेकी छन् । यादवले गत ८ चैतमा जनकपुरमै आयोजित माओवादी केन्द्रको मधेश प्रदेशको प्रशिक्षण कार्यक्रम बहिस्कार गरेका थिए । तस्बिर : अनलाईनखबर !

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत