आइतवार, अशोज ९, २०७९

एमाले दोलखाद्वारा संघ र प्रदेशका उम्मेदवार सिफारिस : को-को परे सुचिमा ?


कान्तिपथ


नेकपा(एमाले) दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेका एक नेताका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षका लागि पार्वत गुरुङ, भरत दुलाल, आनन्द पोखरेल र इश्वरचन्द्र पोखरेलको नाम सिफारिस गरेको छ । गुरुङ र पोखरेल पुर्व मन्त्री हुन् भने दुलाल शैलुङ्ग गाउँपालिकाका पुर्व अध्यक्ष हुन् । अघिल्लो चुनावमा बाम गठबन्धन हुँदा गुरुङ्गले देशभर कै सबैभन्दा बढी मतान्तर ल्याएर चुनाव जितेका थिए । इश्वरचन्द्र पोखरेल एमाले दोलखाका पुर्व अध्यक्ष तथा तामाकोशी गाउँपालिकाका पुर्व अध्यक्ष हुन् ।

त्यसैगरि प्रदेशसभा (क) मा एमालेको तर्फबाट बिदुर शर्मा, नरबहादुर श्रेष्ठ, टंक जिरेल र जिबसराज खड्का सिफारिस भएका छन् । शर्मा पुर्व जिसस सदस्य हुन् भने श्रेष्ठ मेलुंग गाउँपालिकाका पुर्व अध्यक्ष । जिरेल एमालेको तर्फबाट जिरी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । खड्का पनि जिल्लाका लोकप्रिय नेता हुन् ।

प्रदेशसभा (ख) मा अघिल्लो पटक नै टिकटका बलिया प्रत्यासी बालकृष्ण शिवाकोटीसहित लालकुमार केसी, भरत केसी, डबल पाण्डे र कैलाश श्रेष्ठको नाम सिफारिस भएको छ । शिवाकोटी लगानी बोर्डका सदस्य साथै एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष हुन् भने लालकुमार केसी पुर्व जिविस सभापति हुन् । भरत केसी भिमेश्वर नगरपालिकाका पुर्व मेयर हुन् भने डबल पाण्डे जिल्ला समन्वय समितिका पुर्व प्रमुख हुन् ।

सिफारिसमा पर्नेको सुची (संघ)

प्रत्यक्ष
आनन्द पोखरेल
पार्बत गुरुङ
इश्वरचन्द्र पोखरेल
सरस्वति बस्नेत
रचना खड्का
शान्ति पाख्रिन
भरत दुलाल
श्याम बस्नेत

समानुपातिक
इश्वरी रिजाल
हर्कमान तामाङ
प्रेम कुमारी चौलागाईं
शारदा राना
दिब्यध्वज कार्की
जितबिर लामा
सहदेब खड्का
उर्मिला थामी

सच्याईएको : यसअघि इश्वरचन्द्र पोखरेलको नाम सिफारिस नभएको भनिएकोमा गल्ति सच्याईएको छ । – सम्पादक

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत