सोमवार, जेष्ठ १५, २०८०

माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत


कान्तिपथ



आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट समानुपातिकतर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो । समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत