शुक्रबार, अशोज २१, २०७९

न्युरोडमा क्षतिपूर्ति माग्ने पसलेलाई बालेन के भन्छन् ?


कान्तिपथ


काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा नियम बिपरीत गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने र कानुन अनुसार नै कारवाही गरिने बताएका छन् । बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीहरुले बिरोध जनाए पछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

घरधनीको गल्ती औल्याउदै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’ उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरी, अनधिकृत संरचना सहितका पसल समेत हटाउन माग गरे । स्थानीयको आग्रह पछि जवाफमा बालेनले त्यसबारे सूचना दिन आग्रह गरे ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत