सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रहरीको हत्यारालाई एमालेद्वारा प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस

प्रहरीको हत्यारालाई एमालेद्वारा प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस


कान्तिपथ


प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केहि दिनअघि मात्रै निधन भएको हो ।

एमालेका नेता यादवलाई अदालतले प्रहरीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

एमालेले यादवलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनावको लागि एकल उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

प्रहरी जवानको हत्या अभियोगमा सिरहा जिल्ला अदालतले यादवमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यादव अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका थिए ।

यादवलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो ।

संविधान दिवसका दिन यादवलाई २०७६ सालमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको झण्डै दुईतिहाई बहुमतको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् ।

यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुबाहक बसको विषयलाई लिएर विवाद भएको थियो । विवादमा हातहतियारसहित आएका एमाले नेता यादवले गोली चलाएका थिए ।

सुरक्षार्थ खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर मृत्यु भएको थियो ।

अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २०६१ माघ ६ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०६९ पुस ३ गते काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता फौजदारी मुद्दा लागेका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ । तर ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आम माफी पाएको ६ वर्ष भने पुगेको छैन् ।

२०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि रिहा भएका उनी त्यसपछि राजनीतिमा आएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत