काठमाडौं महानगरपालिकाभित्र बनेका अबैध संरचना धमाधम भत्काएर चर्चामा आएका बालेनले सामाजिक अभियन्ता रेशु अर्याललाई शिक्षा सल्लाहकारमा नियुक्त गरेका छन् । महानगरको कार्यपालिका बैठकमा उनले अर्याललाई नियुक्त गरेको हो ।
अर्याल सामाजिक अभियन्तासमेत हुन् । टिच फर नेपाल नाम ५ वर्ष अध्यक्ष भएर काम गरेकी अर्याल एनजिओकी संस्थापक बोर्ड सदस्य हुन् । अर्यालले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
मेयर बालेनले काठमाडौं महानगरमा सुधारका काम गरिरहेका बेला शिक्षा सल्लाहकारमा अर्याललाई नियुक्त गरे पछि बालेनले काठमाडौं महानगरपालिका भित्रको शिक्षा क्षेत्रमा पनि सुधार गर्ने संकेत गरेका छन् ।
देवराज चौलागाई