बिहिबार, मंसिर २१, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • सन्दिप लामिछानेलाई क्रिकेट क्लब जमैका तलवाजले हटायो, पूर्जी जारी भएपछि तत्काल जमैका छाड्नुपर्ने

सन्दिप लामिछानेलाई क्रिकेट क्लब जमैका तलवाजले हटायो, पूर्जी जारी भएपछि तत्काल जमैका छाड्नुपर्ने


कान्तिपथ


नेपाल प्रहरीले सन्दिपविरुद्ध पक्राउ पूर्जी जारी भए पछि नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ ।

सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जमैका तलवाजले शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम हटाएको छ । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने पनि विज्ञप्तिमा भनिएकाे छ ।

केन्याविरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि सन्दिपले आफूलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि क्रिकेटर सन्दिप अपराध अनुसन्धानमा तानिएका हुन् ।

नेपाल प्रहरीले सन्दिपविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । साथै नेपाल क्रिकेट एसोसिएशनले सन्दिपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट समेत हटाईसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत