शनिबार, अशोज ८, २०७९

जडिबुटीबाट २ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ


कान्तिपथ


प्रहरी प्रभाग कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले काठमाडौंको जडिबुटीबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । मिति २०७९/५/२४गते राति अ २०:०३० बजेको समयमा काठमाण्डौ माहानगरपालिका वार्ड न ३२ जडिबुटी स्थित पाल्पाकोट नजिक अवैध रुपमा लागू औषध करोबार गरि रहेको भन्ने गोप्य सुचना को आधारमा प्रहरी प्रभाग कोटेश्वर बाट खटिएको प्रहरी टोलिले उक्त स्थानमा पुगि शंकास्पद व्यक्तिहरुलाइ चेकजाँच तथा सोधपुछ गर्दा निजहरु बस्दै आएको कोठामा लुकाइ छिपाइ राखेको अवस्थामा अवैध लागुऔषध २ हजार १३ लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका वार्ड ०८ स्थायी घर भइ हाल काठमाडौं माहानगरपालिका ३२ जडिबुटी बस्ने बर्ष २९ को दिपेन्द्र सरदार र सप्तरी कन्चनपुर नगरपालिका वडा न ०९ स्थायी घर भइ हाल काठमाडौं माहानगरपालिका वार्ड न १० नयाँबानेश्वर बस्ने बर्ष २३ को सुरज सरदार छन् ।

प्रहरी प्रभाग कोटेश्वरका प्रहरी नायव निरिक्षक ओमकार चन्द नेतृत्वको टोलीले आरोपीहरुको साथबाट फेनारगन ७४६ एम्पुल, डाइजेपाम ६७३ एम्पुल र बु्र्रप्रेनोर्फिन इन्जेक्सन ५९४ एम्पुल बरामद गरेको छ । भदौ २४ मा राति काठमाडौं–३२ जडिबुटीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अरोपीहरुबारे प्रहरी प्रभाग कोटेश्वरले अनुसन्धान गरिरहेको छ । 

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत