बिहिबार, अशोज २०, २०७९

रिक्त एआइजी बढुवाका लागि दौडधुप : को-को छन् भावी आईजीपीको तयारीमा ?


कान्तिपथ


नेपाल प्रहरीका एआइजी मुकुन्दराज आचार्यले गत: बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।

आचार्य प्रहरी एकेडेमीमा कार्यरत थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।

आचार्यको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएका छन् । यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । मंसिरसम्म रबिन्द्र धानुक र अरुण बिसीले पनि अवकाश पाउँदैछन् । त्यसपछि बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको तयारी छ ।

बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू बसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् । अहिले जो पहिलो नम्बरमा एआइजी हुन्छ उसलाई चैतमा आइजिपी हुन सहज हुने भएकाले बढुवाका लागि शक्तिकेन्द्रका दैलोमा दौडधुप दुरू भैसकेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत