शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • जाँडले टिल भएका वरिष्ठ सईले भकुरे स्थानीय : आँखाको अपरेसन गर्न पिडित तिलगंगामा !

जाँडले टिल भएका वरिष्ठ सईले भकुरे स्थानीय : आँखाको अपरेसन गर्न पिडित तिलगंगामा !


कान्तिपथ


नेपाल प्रहरीका वरिष्ठ सई परशुराम जोशी र ट्राफिक प्रहरीका जवान प्रकाश अधिकारीले मादक पदार्थ सेवन गरि कुटपिट गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

घर फर्किने क्रममा आफुलाई रोकेर कुटपिट गरेको भन्दै मजुवा चौकी देउरालीमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई परशुराम जोशी र ट्राफिक प्रहरीका जवान प्रकाश अधिकारीले कुटपिट गरेर आँखामा गम्भीर असर पुर्याएको भन्दै गोरखा नगरपालिका वडा नं १३ गोरखाका विशाल थापाले मन्त्रालयमा उजुरी दिएका हुन् । कुटपिट गर्दा दुवै प्रहरी जाँड खाएर टिल भएको उनको दाबी छ ।

आँखामा चोट पुगेका थापा काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । थापाका अनुसार वरिष्ठ सई र जवान अधिकारीले समाजमा पनि शान्ति मच्चाउने गरेका छन् ।

उजुरीकर्ता थापाले आफ्नो उपचारको प्रबन्ध मिलाई शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् । घटना १ महिना अघिको हो । यो सन्दर्भमा गोरखा प्रहरी प्रमुखको सम्पर्क नं ९८५६०९०२५५ मा फोन गर्दा सम्पर्क हुन सकेन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत