शनिबार, अशोज ८, २०७९

नेपाली सेनामा आठ पृतना थप हुने


कान्तिपथ


नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएको हो । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । त्यसबेला सैनिक संगठनलाई समयसापेक्ष पुनरसंरचना गर्न भन्दै नदीको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना राखिएको थियो ।

तर हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यसलाई उल्टाएका छन् । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार अब नेपाली सेना फेरि २०७४ अघिकै संरचनामा जाने छ । जसअनुसार पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । तर तीन जोड एक कमाण्ड संरचना पनि तत्काललाई यथावत रहने भनिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत