शुक्रबार, अशोज २१, २०७९

जनताले देशको चाबी माओवादीलाई दिन चाहेका छन् : प्रचण्ड


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो निर्वाचनपछि जनताले माओवादीलाई देशको चाबी दिन चाहेको बताएका छन् । चाहेमा देशको राजनीति नै मोड्न सक्ने क्षमता आफ्नो पार्टीसँग रहेको दाबी गर्दै उनले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

माओवादीका दिवंगत नेता स्व. पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । माओवादी नभए देशमा उपलब्धिहरु पनि गुम्ने अवस्था रहेको बताउँदै उनले भने, ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीतिलाई कता लैजाने भन्ने कुरा माओवादीले चाहेजस्तो हुने देखिन्छ । अब आगामी निर्वाचनमा पार्टी एकताबद्ध भई नेताहरू जनताका बीचमा जानुपर्छ । यसो गरेमा हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुनेछौँ ।’

टिकटमा व्यक्तिगत स्वार्थ नहेरेर पार्टीगत स्वार्थ हेर्नुपर्ने बताउँदै उनले टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत