आइतवार, अशोज ९, २०७९

चोलेन्द्रले डामेका जतिको बयान् आज


कान्तिपथ


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो बयानका क्रममा आरोप लगाइएका व्यक्तिहरुसँग पनि महाभियोग सिफारिस समितिले बयान लिने भएको छ । समितिको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा पूर्वप्रधानन्यायाधीशरुहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी रहेको जनाइएको छ ।

यसअघि बुधबार बसेको समितिको बैठकले जबराले आरोप लगाएका सर्वोच्च अदालतका ६ जना न्यायाधीशहरूलाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो । तर बहालवाला न्यायाधीशहरु समितिमा उपस्थित हुन नमिल्ने भनी बुधबारै सर्वोच्च अदालतको फुलकोर्ट बसेर निर्णय गरेको थियो । सो निर्णयले न्यायाधीशहरु समितिमा जवाफ दिन नजाने भएका छन् ।

समितिले आज आरोप लागेका पूर्व–प्रधानन्यायाधीशहरुलाई बोलाएर सोधपुछ गर्ने भएको छ । यसका साथै जबराले आरोप लगाएका नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारी तथा अधिवक्ताहरूलाई समेत आजै बोलाएर समितिले सोधपुछ गर्ने बताइएको छ ।

जबरासँग समितिले ४३ प्रश्न सोधेर बयान लिएको थियो । सो क्रममा उनले विभिन्न व्यक्तिहरुमाथि आरोप, लाञ्छना लगाएका छन् । यसबारे सम्बन्धितहरु सबैसँग सोधपुछ गरेर पुनः आवश्यक परेमा जबरासँग थप बयान लिने समितिको तयारी रहेको बुझिन्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत