नेपाली सेनाको पुरानो संरचना अनुसार अब फेरी नेपाली सेनामा ८ पृतना रहने भएको छ । भदौ २१ मा बसेको मन्त्रिपरिषद बैठकले सेनाको पुरानो संरचना व्युँताउने नेपाली सेनाको योजनालाई स्वीकृती दिएको हो ।
यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई समयसापेक्ष पुनरसंरचना गर्ने भन्दै नदीको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना बनाई कमाण्ड संरचनामा सेनालाई लागेका थिए । तर वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले उक्त संरचना उल्टाई पुरानै ढाचा अनुसार सेनालाई पुनरसंरचना गर्ने भएका छन । उनैको योजना अनुसार मन्त्रिपरिषदको पछिल्लो निर्णयले अब नेपाली सेना फेरि २०७४ अघिकै सेनाको संगठनिक ढाचालाई पुनर्गठन गर्न स्वीकृति दिएको हो । पुरानो संरचना अनुसार नेपाली सेना पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहेका थिए ।
तर तीन जोड एक कमाण्ड संरचना पनि तत्काललाई यथावत रहने भनिएको छ ।