बिहिबार, अशोज २०, २०७९

विदेशबाट ल्याएको फोन दर्ता गर्नुपर्ने नत्र १ गतेदेखि नचल्ने


कान्तिपथ


विदेशबाट आफन्तलाई ल्याइदिएको मोबाइल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ। भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस लागू गरेको जनाएको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो। प्राधिकरणले मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्रीवितरण गर्न सूचित गरेको छ। २ वर्षअघि नै प्राधिकरणले एमडीएमएस लागू गर्ने तयारी गरेको थियो। तर ठेक्का पाएको कम्पनीले यसका लागि आवश्यक उपकरणको व्यवस्था गर्न नसक्दा लागू हुनसकेको थिएन।

नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस.एनटीए.जीओभी.एनपी वेबसाइटमार्फत दर्ता भए/नभएको चेक गर्न सकिन्छ। मोबाइलको किप्याडमा गई स्टारह्यास०६ह्यास (*#०६#) डायल गरेपछि उक्त उपकरणको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेको छ। अवैध रुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन एमडीएमएसको भूमिका रहन्छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत