बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • परिवारवाद हावी भएको भन्दै प्रचण्ड कै जिल्ला सह-इन्चार्जले छाडे माओवादी

परिवारवाद हावी भएको भन्दै प्रचण्ड कै जिल्ला सह-इन्चार्जले छाडे माओवादी


कान्तिपथ


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्मुखमा नेकपा माओवादी केन्द्रका नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार प्रचण्डको गृह जिल्ला चितवन सहइन्चार्ज छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझी, केन्द्रिय सदस्य देवी ज्ञवाली लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत