बिहिबार, अशोज २०, २०७९

चुनावी घोषणापत्रका लागि ईमेल मार्फत माग्यो माओवादीले सुझाव


कान्तिपथ


नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्ने भएको छ । सुझाव संकलनका लागि समितिका सदस्य डिपी ढकालले इमेल सार्वजनिक गरेका छन् । माओवादीलाई सुझाव दिनका लागि cpnmcempc@gmail.com मा इमेल गर्न सकिनेछ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा विज्ञहरुसंग अन्तरक्रिया गर्ने निर्णय गरेको पनि ढकालले जानकारी दिए ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समिति बैठकले नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, वाम बुद्धिजीवी, अर्थशास्त्री, विकास विज्ञ, मिडियाकर्मी लगायत अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

पार्टीको विभिन्न विभागलाई सुझाव संकलनका लागि भनिएको थियो इमेल प्राप्त हुने क्रममा रहेको उनले बताए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत